रौतहटमा भन्सार छलीका २ लाख ६३ हजार बराबरको सर सामानसहित एक जना नियन्त्रणमा

रौतहट । भदौ २२ गते

रौतहट जिल्लाको सिमा नाकाहरुबाट भन्सार छली तथा चोरी निकासी गरि ल्याइरहको सर समान सहित एक जना ब्यक्तीलाई प्रहरीले पक्राउ गरेका छन । जिल्ला प्रहरी कार्यलय रौतहट बाट खटिएको गस्ती टोलीले चेक जाँचको क्रममा शनिबार र आईतबार गरेर भारतबाट भन्सार छली गरि नेपाल भित्र प्रवेश गरिरहेको अवस्थमा उक्त समान सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी ईकाईबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले करिब रु. २ लाख ४३ हजार ५ सय २५ मुल्य बराबरको काजु, किसमिस, सौफी रक्सी, विभिन्न कपडाहरु, हार्डवेयरका सर सामानहरु लगायत अन्य सर सामानहरु वेवारिसे अवस्थामा आईतबार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मातहतका भन्सार सुरक्षा गार्ड रौतहट गौरबाट खटिएको गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.२ राईस मिल स्थित चेकजाँच गर्ने क्रममा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.५ देउराली चौक बस्ने मुनी मियाँले भारतबाट भन्सार छली गरि ल्याउदै गरेको कपडा करिब रु.२० हजार मुल्य बराबरको समेत गरी जम्मा रु. २ लाख ६३ हजार ५ सय २५ बराबरको सर सामानसहित एक जना मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आज सोमबार गौर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।