रौतहट प्रहरीले स्रोत नखुलेको दश लाख रकम सहित जयसवाल लाइ गर्यो पक्राउ


रौतहट । आषाढ १७ गते
स्रोत नखुलेको दश लाख रकम सहित एक जना पक्राउ परेको छ ।
आज बेलुका ७ बजेर ३० मिनेटको समयमा तालुक २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.२ महादेवपट्टी स्थित सडकमा चेकजाँच गर्ने क्रममा महादेवपट्टी तर्फबाट गौर तर्फ आउदैं गरेको बिआर ३० क्यु २५३३ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको बाँया तर्फको लेगगार्डमा झुण्डयाएको नाईलनको झोला खोली हेर्दा सो झोला भित्र स्रोत नखुलेको विभिन्न दरको नेपाली रकम रु.१०,०१००० (दश लाख एक हजार) फेला परेको प्रहरीले जनाएको छ । उक्त रकम र मोटरसाईकल बरामद गरी मोटरसाईकल चालक जिल्ला रौतहट गौर नगरपालिका वडा नं.२ बस्ने वर्ष २३ को अभिनाष जैसवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरीले जनाएको हो ।