यसकारण स्थानीयले हुप्रचौरमा कालो झण्डा गाडे अनि तारबार गरे

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको हुप्रचौरमा प्याराफिट निर्माण तथा व्यवसायिक सटर निर्माण गरी खुला चौरको अस्तित्व मेटाउन लागेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् । सयौंको संख्यामा उपस्थित स्थानीयले शनिबार हुप्रचौरमा कालो झण्डा गाड्नुका साथै तारबार गरेका छन् ।

नगर प्रमुख हरिबहादुर महतसँग भएको मौखिक सहमति उल्लघन गर्दै उपमहानगरपालिले दोस्रो पटक हुप्रचौरमा ब्यबसायिक सटर र प्याराफिट निर्माणका सूचना प्रकाशन गरेको भन्दै हुप्रचौर सरोकार समितिको अगुवाईमा स्थानिय बासिन्दाले हुप्राचौरमा कालो झण्डा गाडनुका साथै तारबार गरी हुप्राचौरको सरसफाई गरेका हुन् ।

हुप्रचौरमा व्यवसायिक सटर र प्याराफिट बनाउँदा नगरको खुला चौरको रुपमा रहेको हुप्रको अस्तीत्व लोप हुने भन्दै त्यसो नगर्न स्थानीयले दबाब दिएका हुन् । सयौंको संख्यामा हुप्रचौरमा भेला भएका स्थानीय तथा सरोकारवालाल हुप्रचौरमा ब्यबसायिक सटर र प्याराफिट निर्माणको विरोधमा कालो झण्डा गाड्नुका साथै तारबार गरी सुरक्षित गरेका छन् हेटौँडा उपमहानगरपालिका नगर प्रमुख हरी बहादुर महतसँग भएको छलफलमा हुप्रमा व्यवसायिक सटर प्याराफिट बनाउने निर्णय फिर्ता लिने सहमति भएकोमा त्यसको उल्लंघन गर्दै समग्रमा उपमहानगरपालिकाले पुनः सूचना निकालेकाले आफूहरुले त्यसको विरोध गरेको हुप्राचौर सरोकार समितिका अध्यक्ष दीपक खड्काले बताए ।

कांग्रेस ४ नम्बर वडाध्यक्ष हरि प्रसाद पौडेलले हुप्राचौरलाई खुल्ला मैदानको रुपमै छाडिनुुपनेै बताए । त्यहाँ कुनै भौतिक पूर्वाधार निर्माण नगरी खुला चौरकै रुपमा छाड्नुपर्ने उनले बताए । कार्यक्रममा राजनीतिज्ञ सीताराम बर्ताैला, नागरिक अगुवा राजन मैनाली, नगर समन्वय समितिका प्रतिनिधि ज्ञानेन्द्र देबकोटा, टोल बिकास सँस्थाहरूको तर्फबाट सिर्जना पौडेल, बुद्धिजिवी विशाल बिडारी जिल्ला फुटबल संघको सदस्य लवराज ठकुरीलगायतको सहभागिता रहेको थियो ।