गढीमाईको संरक्षणगर्न तिनै तहका सरकारको सहकार्य आवश्यक ः मन्त्री भट्टराई

बारा, ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तराई मधेशमा धार्मिक ऐतिहासिक तथा सांस्कृतिक महत्वका धरोहरहरुको संरक्षण र सम्बद्र्धनगर्न केन्द्र, प्रदेश र स्थानीय सरकार बीच सहकार्य हुनुपर्ने कुरामा जोड दिनु भएको छ । बाराको महागढीमाई नगरपालिकामा शुरु भएको पंचबर्षिय गढीमाई मेलाको स्थलगत अवलोकन पछि सोमवार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले पंचबर्षिय गढीमाई मेलाले धार्मिक पर्यटन भित्र्याउन महत्वपूर्ण योगदान पु¥याउने हुँदा मेलालाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने कुरामा जोड दिनुभयो । पर्यटन बर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना हुन गई रहेको गढीमाई पंचबर्षिय मेलामा लाखौं भारतीय नागरिक दर्शन तथा श्रद्धालुहरुका लागि आउने हुँदा उनीहरुको आगमनलाई सहज बनाउन सम्बन्धित निकाय जुटनु पर्ने कुरा उहाँले बताउनु भयो । मन्त्री भट्टराईले नेपालमा पर्यटन भित्राउने हजारौ क्षेत्र रहेकाले पर्यटन बर्ष धुमधामसँग मनाउन सबैमा उहाँले अनुरोध गर्नुभयो । गर्मीको समयमा हिमाल, पहाड र जाडोको मौसममा तराईमा बिदेशी पाहुनाहरु नेपालमा आउने गर्दछ, उहाँले भन्नुभयो । गढीमाई, सिम्रौनगढ, छिनमस्ता, जानकी मन्दिर जस्ता धेरै ठाउँ तराइमै रहेकाले हरेक सिजनमा पर्यटक भित्राउन योजना प्रशस्त रहेको उहाँले बताउनुभयो । पर्यटनका लागि केन्द्र सरकारले पर्यटकिय सम्भावना बोकेका ठाउँको बाटो, घाटो र राम्रो होटेल बनाउनमा जोड् दिदै आएको बताउनुभयो । पर्यटकिय केन्द्रहरुलाई जोड्न मास्टर प्लान अनुसार गढीमाइ, सिम्रौनगढ हुँदै जानकी मन्दिर जाने योजना सरकारले बनाएको खुलासा गर्नभयो । पर्यटन आएपछि कम्तीमा एक दिन बस्ने खालका योजना बनाएपछि क्रमबद्ध सबै तिरको विकास हुने र यताको व्यवसाय चल्छ, रोजगारी चल्छ, जस्ता सबैलाई जोड्र सर्किट प्लान बनाउनु पर्नेमा जोड् दिनुभयो । गढीमाईको मेला संचालन गर्न, केन्द्र सरकारले आवश्यक सहयोग गर्छ, बिस्तारै काम हुन्छ, यो सबै मास्टर प्लानमा पर्नेछ, खानेपानी, शौचालय, सरसफाई लगायतको कुरामा केन्द्र सरकारले आवश्यक पहल गर्नेछ मन्त्री भट्टराईले भन्नुभयो । उहाँले भन्नुभयो, कुनकुन विकास क्षेत्रमा लाखौ लाख पर्यटक आई रहेको छ, त्यस्तालाई हेर्ने निकाय, केन्द्र सरकार हो, गढीमाई, जानकी मन्दिर, लुम्बिनी, छिनमस्ता जस्ता पर्यटकिय लगायतको क्षेत्रलाई सरकारले हर्नेछ । गढीमाईको मेलामा कुन मोडेलमा जाने, बृह्त छलफलगरी, हामी अगाडी बढ्ने छौ, बली प्रथालाई निरुत्साहित गर्न, पशु संरक्षण निकाय, बिदेशी संस्था लगायतले अहिले देखि रहेको छ, हामीले अदालतको कदर गरेर अगाडी जाने उहाँले बताउनुभयो । यसअघि आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ऐतिहासिक घरोहरको रुपमा रहेको सिम्रौनगढको समेत स्थलगत अवलोकन गर्नु भएको थियो । कार्यक्रममा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारी, संघीय साँसद रामसहाय यादव, पूर्वमन्त्री पुरुषोत्तम पौडेल लगायतको सहभागिता रहेको थियो । गढीमाई पंचबर्षिय मेलाको अवस्थाका बारे आज मेला आयोजना मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजनागरी भारतीय दर्शनार्थीहरुको सहज आगमनको लागि सिमा क्षेत्रमा नै सवारी साधनको इन्ट्रीको व्यवस्था मिलाईएको जनाएको छ । मेला आयोजक मुल व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका बरियारपुरका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बीरगंज, मटिअर्वा, सिम्रौनगढ, गौर लगायतका नाकाहरुबाट भित्रिने भारतीय दर्शनार्थीहरुलाई सम्बन्धित नाकामा नै सवारी साधनको इन्ट्रीको व्यवस्था मिलाईएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मेलामा सहभागीहरुको सुविधाका लागि खानेपानी, शौचालय, प्राथमिक उपचारका साथै आवश्यक सुरक्षाको सबै प्रबन्ध मिलाईएको नगरप्रमुख यादवले बताउनु भयो ।