प्रहरी द्वारा अवैध मदिरा भठ्ठी नष्ट

आज बिहान ९.३० बजेको करिबमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय कोपवा पिपरीयाको संयुक्त गसती टोली तथा बरिष्टसई प्रमानन्द यादवको कमाण्डमा खटिगए टोलिले बौधीमाई नगरपालिका वडा नं ४ ईनरवारीमा संचालन रहेको दुईवटा अवैध मदिरा भट्टी र त्यस्तै परोहा नगरपालीका ५ वडा भेडियाहीमा संचालित रहेको दिईवटा गरि जम्मा चारवटा अवैध मदिराभठ्ठीमा रहेको कच्चा पदार्थ ४५० लिटर नष्ट गरेको ईप्रका कोपवा पिपरीयाका बरिष्ट सई यादवले बताए।