अन्तराष्ट्रिय पुरुष दिवस बीरगंजमा मनाइयो

आर्दशवाणी संवाददाता । बीरगंज, ३ मंसिर । अन्तराष्ट्रिय पुरुष दिवस गत वर्षदेखि नेपालमा पनि मनाउन थालिएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले महिला पुरुषको समानताको लागि यो दिवस मनाउन थालेका हुन् । नोभेन्बर १९ का दिन मनाइने यो दिवस आज वीरगंजमा पनि मनाइएको छ । गत वर्ष काठमाडौंको दाजुभाइ नामक संस्थाले शुभारम्भ गरेको यो दिवस बीरगंजमा पनि मनाइएको हो । दाजुभाई नामक संस्थाको पहलमा मंगलवार घण्टाघरबाट प्रभातफेरी निकाली माईस्थान चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की सहित वीरगंज महानगरका बाल सञ्जाल, दिव्य युवा क्लब, वीरगंज युवा समाज, माइती नेपाल, केआई नेपाल आफन्त नेपाललगायत संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा माइती नेपालकी संगीता पुरी,वीरगंज युवा समाजका कमल चौगाई, दिब्य युवा क्लबका कोपिला चौलागाई, भिजिट मधेस नेपालका ओमप्रकाश सर्राफले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।