जनजाति महासंघको अभिमुखीकरण तालिम

हेटौंडा–आदिवासी जनजाति अगुवाका लागि नेतृत्व विकास तथा आदिवासीका सवाल बिषयक एक दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा आयोजना गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद् हेटौंडाले हेटौंडा पमहानगरपालिकाको सहयोगमा हेटौंडाको वडा नम्बर १ देखि १० सम्मका वडा समन्वय परिषदका पदाधिकारीलाई आइतबार अभिमुखीकरण गरेको हो ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य, हेटौंडा उपमहानगरपालिका ५ का वडा सदस्य ज्ञानु थापा मगरको बिशेष आतिथ्य तथा तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको होे । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगर र आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष मगरले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ हेटौंडाका अध्यक्ष भरत ठाडा मगर, नेपाल तामाङ घेदुङ हेटौंडाका अध्यक्ष ठिसाङ लामा, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका कोषाध्यक्ष नरेशलाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।