विश्वविद्यालय खोल्दै प्रदेश ३, कार्यदलको प्रतिवेदन मुख्यमन्त्रीलाई

हेटौंडा– प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश विश्वविद्यालय स्थापनाको काम सुरु गर्ने भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा राखेर प्रादेशिक विश्वविद्यालय खोल्ने काममा प्रदेश ३ सरकार जुटेको हो ।

सोमबार प्रदेश विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रतिवेदन निर्माण गर्ने जिम्मेवारी पाएको कार्यदलले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेस“गै प्रदेश विश्वविद्यालय स्थापनको तयारी अगाडि बढाउन सहजता भएको हो । प्रदेशको सरकारको गतपुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ मा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्न सिफारिस गर्ने गरी सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजकत्वमा प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले करिब पा“च महिनापश्चात् मुख्यमन्त्री पौडेललाई विश्वविद्यालय स्थापना तथा सञ्चालनसम्बन्धी अन्तिम प्रतिवेदन हस्तान्तरण गरेको हो ।

कार्यदलमा प्राडा युवराज संग्रौला, प्राडा रमेशप्रसाद भट्टराई, प्राडा अञ्जना सिंह, प्राडा हरिकृष्ण श्रेष्ठ तथा इञ्जिनियर डा. जगत श्रेष्ठ सदस्य रहेका थिए । समितिलाई दुई महिनाको समय तोकिएपनि कार्यसम्पन्न नभएपछि पुनः ४५ दिनको समय थप गरिएको थियो । यसक्रममा समितिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयको भ्रमण गरेर तयार पारेको प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको सामाजिक विकास मन्त्री दुलालले जानकारी दिए ।


प्रदेश विश्वविद्यालयको स्थापना र सञ्चालनको शैक्षिक, प्राज्ञिकस्वरुप तथा आर्थिक ढा“चाहरु प्रतिवेदनमा उल्लेख गरिएको मन्त्री दुलालले बताए । प्रदेशले स्थापना गर्ने विश्वविद्यालय प्राज्ञिक स्वतन्त्राता, आर्थिक तथा वित्तिय व्यवस्थापना आफैंले गर्न सक्ने र उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा अध्ययन र अनुसन्धान गर्ने हुनुपर्छ भन्ने प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।


कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री पौडेलले प्रदेश विश्वविद्यालयलाई प्रदेश गौरवको आयोजनाको रुपमा अगाडि बढाउने तयारी भइरहेको बताए । कार्यदलका सदस्य प्राडा. संग्रौलाले चीन, थाइल्याण्ड, जर्मन तथा भारतको उत्कृष्ट विश्वविद्यालय सञ्चालनको अध्ययन गरेर प्रतिवेदन तयार पारेको बताए ।