हेटौंडा–मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कोगटे खोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।
मान्डु हाइड्रोपावरका लागि विद्युतीय साम्रागी बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भएको थियो ।
करेन्ट लागि सिन्धुली जिल्ला तीन पाटन–९ बस्ने ट्रक चालक २८ वर्षको बीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका–७ का ३५ वर्षीय विशाल तामाङको मृत्यु हो ।
घटनामा परी तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भई ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ ।