एमालेको जिल्ला अधिबेशन माघ २५ र २६ गते हुने,तयारी तिब्र

रौतहट,२४ पुस
नेकपा एमाले रौतहट जिल्ला कमिटिको १० औ जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले रौतहटले तयारीलाइ तिब्रता दिएको छ ।
सोही क्रममा मंगलबार जिल्ला अधिवेशनलाइ भब्य बनाउन नेकपा एमाले प्रचार बिभाग रौतहटको बैठक बसेको थियो । बैठकमा नेकपा एमालेका पोटिब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेल अधिवेशनलाइ भब्य रुपमा सफल पार्न सबै तहतप्काका नेताहरु सक्रिय हुनुपर्ने बताएका छन ।
जिल्ला अधिवेशनलाइ भब्य रुपमा सफल पार्नको लागी प्रचार समाग्रीको निमार्ण देखी लिएर प्रचार प्रसारलाइ ब्यबस्थीत बनाउनको प्रचार बिभाग तथा प्रेस चौतारीमा आबद्ध साथिहरु सक्रिय भुमिका निर्वाह गर्न इन्चार्ज पौडेलले आग्रह गरेका छन ।
बैठकमा यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले सबै मिलेर जिल्ला अधिवेशनलाइ सफल बनाउनको लागी लाग्नुपर्ने बताए ।
पार्टीको जिल्ला अधिवेशनको लागी आउदो माघ ३ गते सचिवालय वैठक आयोजना गर्ने, माघ ६ गते जिल्ला प्रतिनिधि परिषद भेला र माघ १३ गते प्रतिनिधि चयन गर्ने र माघ २५ र २६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य रेग्मीले जानकारी दिएका छन ।
प्रचार बिभाग रौतहटका प्रमुख रुपेश कुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य बाल बिक्रम कार्की, प्रचार बिभाग रौतहटका सदस्य अशोक कुमार पहाडी,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिना,प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्याय,नेकपा एमाले गरुडा नगर कमिटि संयोजक,प्रचार बिभागका सदस्यहरु लगायतको उपस्थीती रहेको थियो ।