रौतहट । साउन २८ गते
रौतहटको गुजरा नगरपालिकामा बुधबार २ जना स्वास्थ्यकर्मी , १ स्वीपर सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा चार दिनमा ६२ जना संक्रमित थपिएका छन् । साउनको दोस्रो सातासम्म संक्रमितहरु निको भएर धमाधम घर फर्केका थिए । अहिले फेरि संक्रमण बढ्न थालेको छ ।
गुजरा नगरपालिकाका २ जना स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक जयश्रीलाल प्रसादले बताए ।
साउन २३ गते गुजराका ७२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा ३ जनाको हिजो साँझ रिपोर्ट पोजिटिभ आएको गुजरा नपाका निम्ति प्रमुख प्रशासकीय अधिकृत नन्देश्वर चौधरीले बताए । संक्रमित हुनेहरूमा क्रमशः २५,२६ र २७ वर्ष उमेर समूहका व्यत्तीहरू रहेको र संक्रमित भएका व्यत्तीहरू को कन्टैकट मा आएका व्यत्तीहरूको कन्ट्रैकट ट्रेसिङको आधारमा खाजबिन भईरहेको संयोजक प्रसादले बताएका छन् । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो । हिजो चन्द्रपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
हालसम्म रौतहटमा १ हजार ४ सय जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोमा १ हजार ३ सय २८ जना निको भएर घर फर्किसकेका छन् ।