रौतहट । श्रावन २८ गते
कोभिड १९ कोरोनाको कारणले आज विश्व नै त्रासले जोखिम अवस्था छ । यो भाईरस कसैले कुन प्रयोजनको लागि निर्माण गरियो कसरी उत्पत्ति भयो यसको खोजीनीति शाक्तिशाली राष्ट्र एकता भैइ गर्नु पर्छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना अहिले विश्वभरि नै सरुवा रोग कै रूपमा स्थापित भई फैलिरहेको छ ।
दुनियाँ कै सबैभन्दा शक्तिशाली तथा विकसित राष्ट्रहरू पनि कोरोना कहरको सामु घुँडा टेकिसकेका छन् । अहिलेसम्मकै विभिन्न समाजिक र उद्योग आर्थिक, सामाजिक, राजनीतिक सबै पक्ष यसको नकारात्मक असर परेर अस्तव्यस्त भएको छ ।
तराई मधेसको जिल्ला रौतहटमा समेत जोखिम अवस्था गम्भीर हुँदैछ । यहाँ मानिसहरू हरपल चिन्ताजनक अवस्थामा बाँचिरहेका छन् ।
कोरोना भाईरस यहाँका केन्द्रिय सरकार , प्रदेश सरकार र स्थानीय सरकार टेस्टिङ मेसिन, पिसिआर किट, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), क्वारेनटिन, आइसोलेसन, भेन्टिलेटर जस्ता अति आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्न सकेन र प्रदेश २ का सरकार भ्रष्टाचार गरि कमाउ धन्दामा लागि परको छ ।
प्रदेश २ को रौतहटमा संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । अहिले कोरोनाको प्रभाव प्रदेश २ का धेरै जिल्लामा फैलिँदै छ । यसको लापरबाही कारण प्रदेश २ र स्थानीय सरकार हो ।
रौतहट जिल्ला अस्पतालमा कोरोना परीक्षणको लागि पिसीआर खरिद गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु र रौतहटको सम्पुर्ण आमजनताको घरघरमा टेस्ट गर्न आवश्यकता रहेकोे नेपाली कांग्रेस रौतहटको जिल्लाको चर्चित युवा नेता नितिश कुमार गुप्ताले बताउनु भयो ।
Home मुख्य समाचार रौतहटको अवस्था गम्भीर हुँदा कोरोना परीक्षणको लागि पिसीआर खरिद गर्न नेता गुप्ताको...