काँग्रेस नेता पाण्डे भन्छन्ः दुई तिहाईको दम्भले समृद्धि आउँदैन

हेटौंडा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले वर्तमान सरकारले दुई तिहाईके दम्भ प्रस्तुत गरिरहेको भन्दै यसले समृद्धिको मार्गचित्र कोर्न नसक्ने बताएका छन् ।

काँग्रेस मकवानपुर २ नम्बर क्षेत्रीय समितिको भेलालाई शनिबार भीमफेदीमा सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले सरकारको दम्भले देश र स्वयम् नेकपालाई समेत असफलतातिर धकेल्ने दाबी गरे । देशप्रति कांग्रेसले गरेको योगदान र निर्णयहरु जनतामा पु¥याउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न कांग्रेस अब गाउँजागरण अभियान लिएर गाउँ÷गाउँ जान लागेको बताइन् । कम्युनिष्टहरू जहिल्यै आफू मात्रै अघि बढेर गरिब जनतालाई झन् गरिब बनाउन लागिपरेको आरोप लगाउँदै डिनाले सरकार धेरै समय टिक्न नसक्ने पनि दाबी गरिन् ।
त्यस्तै विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस अब देशब्यापीरुपमा कम्युनिष्ट नेतृत्वको अराजक, भ्रष्ट भएको आरोप लगाए । उनीहरुको भण्डाफोर गर्न जनतामाझ जनजागर अभियान लिएर जान लागेको उनले बताए ।

काँग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभामा प्रतिपक्ष दलको नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा क्षेत्रीय भेला भएको हो । कार्यक्रममा राप्रपा र नेकपा परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा पार्टी निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, जिल्ला सल्लाहकारद्वय उमा दाहाल र जयराम लामिछाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य सूर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपाली, कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, कांग्रेस ईन्द्रसरोबर गाउँपालिका संयोजक एवं जिल्ला सदस्य जमानसिं वाईबा, सचिव सूर्य लामा, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, हेटौंडा १ का वडाका निर्वाचित अध्यक्ष सविन न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।