प्रचण्ड-माधवको बन्दबिरुद्ध प्रदर्शनमा उत्रिए सचेत नागरिक

काठमाडौं, माघ २२ । चुनावबिनै प्रधानमन्त्री चाहिने र अख्तियारले भ्रष्टाचारीलाई कार्वाही गर्न नहुने भन्दै प्रचण्ड-माधव समुहको गरेको आमहडतालप्रति सचेत नागरिकले प्रतिवाद गरेका छन । स्वतन्त्र सचेत नागरिकहरुले नेपाल खुला छ भन्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन ।

प्रचण्ड-माधव समुहले आमहड्ताल गरेपछि उनीहरुले नेपाल खुला छ भन्दै विरोध जनाएका हुन् । ‘गरिखान देउ, नेपाल बन्द छैन, नेपाल खुला छ’ भन्ने नारा लेखिएको व्यानर बोकेर युवाहरु माइतीघर मण्डलामा प्रदर्शनमा छन् ।

प्रदर्शनकारीले ‘नेता तिम्रो पाराले, दुःख पायो साराले । ‘नागरिकलाई दुःख दिने नेता हाम्रो कसरी ।’ ‘बन्द केका लागि, नेपाल खुला छ’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन । सचेत नागरिक समुहले बन्दलाई सदाका लागि बन्द गर्न पनि भनेका छन । प्रदर्शनकारीले राष्ट्रिय झण्डा राखेर प्रचण्ड-माधव समुहको बन्दको बिरोध गर्दै प्रतिकारमा उत्रन सवैलाई अपिल पनि गरेका छन ।साभार जनता टाइम्स