रौतहटमा भन्सार छलिका अनेकौ सामानहरु प्रहरीे बेवारीसे अवस्थामा बरामद

रौतहट ।असोज २६ गते
रौतहट जिल्लाको विभिन्न सिमा नाकाहरुबाट भन्सार छलि गरि अबैध रुपमा चोरी निकासीका विभिन्न सामानहरु प्रहरीले बेवारीसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं. १ स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याईरहेको अवस्थामा कष्टमेटिकका सामानहरु बरामद गरेको छ । सो सामानको मूल्य आठ हजार चार सय चौध बराबरको रहेको प्रहरीको अनुमान छ । त्यसैगरि अस्थायी प्रहरी पोष्ट बसपार्क र महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले रौतहटको गौर नगरपालिका वडा नं.२ महादेवपट्टी र वडा नं. ४ बसपार्क स्थितबाट अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको रेडिमेड कपडाहरु, थान कपडा, जिन्स पाईन्ट, लंहगाहरु बरामद गरेको छ। सो सामानको मूल्य १ लाख १३ हजार ३ सय २५ बराबरको रहेको प्रहरीले बताएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको गौर नगरपालिका वडा नं. १ कानुटोल स्थितबाट लेडिज सेन्डल, लेडिज लखानी चप्पल, जेन्स चप्पल, जेन्स जुताहरु र लहठी लगायतका सामानहरु बरामद गरेको छ। उक्त सामानको मूल्य १ लाख ४४ हजार ५ सय २० बराबरको रहेको प्रहरीले बताएको छ। बरामद सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।