बारामा बिपि जयन्तीको अवसरमा अनाथलाइ स्वास्थ्य सामाग्री बितरण

बारा । भदौ २४ गते
बिपि कोइरालाको १०७ औ जन्म जयन्तीको अवसर मा नेपाल विद्यार्थी संघ बाराले कलैया स्थित अनाथ आश्रम लाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।१०७ औ जन्म जयन्तीको अवसरमा आज अमृता अनाथ आश्रम कलैयामा रहेकाहरुलाई कोरोना भाइरस रोकथाम को लागि २५ थान के ९५ मास्क, हैन्ड वास १० थान बितरण गरेको थियोे । यसका साथै नेविसंघले खाने सामग्रीहरु पनि बितरण गरेको हो । खान को लागि स्याउ, च्याउच्याउ, बिस्कुट , मिनिरल वाटर लगायतका सामाग्री बितरण गरेको हो । सो अवसरमा नेपाली काङ्ग्रेस का युवा नेता हरु , नेविसंघ का नेताहरु को उपस्थिति रहेको थियो ।