रौतहट । साउन ०४ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ७ मा विकास निर्माणको काम संतोषजनक रहेको अनुगमन टोलीले जनाएको हो । वडा नम्बर ७ को बगही टोलमा विकास निर्माणको काममा अनियमितता भएको भनी स्थानीयहरूले प्रेस मिट गरि आरोप लगाएका थिए । काम अधुरा छोडेर बिल भुतानी गर्न लागेको भनी व्यापक चर्चा चलेपछि कटहरिया नगरपालिका का नगर प्रमुख सियाराम कुशवाहा र निमीत प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह एकसनमा आएका थिए । वडास्तरिय भएको विकास योजनाको काम सहि रहेको ठहर गरेको छ । काहीँ कुनै किसिमको अनियमितता नभएको मेयर कुशवाहाले अनुगमन पछि हामी सँग कुरा गर्दै बताएका थिए । काम सहि रहेकोले सबै योजनाहरूको भुत्तानी गरिने उनले बताए । यता असंतुष्ट पक्षहरू मध्ये युवा नेता राजवंशी साहले कटहरिया नगर प्रमुख सहितको टोलीले गरेको अनुगमन, निरिक्षण प्रति आफुहरू संतुष्ट नरहेको प्रतिक्रिया दिएका छन् । अनुगम समिति को संयोजक उपमेयर नुरजहाँ खातुन रहेपनि वहाँ को अनुपस्थितीमा गरिएको अनुगमन मा आफुहरू लाई विश्वास नलागेको बताए । यस पछि अगाडि को प्रक्रिया बढाई अख्तियार सम्म जाने चेतावनी स्थानीय राजवंशी साह सहितका स्थानीयहरूले दिएका छन् । यस विषयमा वडाध्यक्ष हरिभजन साह संग कुराकानी गर्दा अनुगमन टोलीले विकासको कुनै काममा कमी कमजोरी नभएको भनी ठहर गरेकोले यस विषय लाई अनावश्यक नउचाल्न आग्रह गरे । काँही कुनै असंतुष्टी भए आफु बसेर छलफल गर्न तयार रहेको प्रतिक्रिया दिए ।
स्मरणीय होस अस्ति स्थानीय नेता राजवंशी साह सहितका वडावासीहरूले वडाध्यक्ष साह तीन महिना देखि वडामा नआउने गरेको , ढलानमा अनियमितता गरेको,ग्रेभल गर्दा कम गिराएको , बाढी पिडितको रकम नदिएको जस्ता विभिन्न आरोपहरू लगाएका थिए ।
आरोपहरू निराधार रहेको भन्दै वडाध्यक्ष साहले यस अघि नै खण्डन गरि सकेका छन् ।
Home मुख्य समाचार वडाध्यक्ष साह माथिको आरोप निराधार ःअनुगमन टोली,असंतुष्ठ पक्ष द्धारा अखितयारमा जाने चेतावनी