मेडिकल कलेजसँग शुल्क फिर्ता भन्दा तथ्य, प्रमाण खोज्न सरकारलाई सुझाव

आर्दशवाणी संवाददाता । पर्सा, १० मंसिर । नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मेडिकल माफियालाई शुल्क फिर्ता गराउनुको साटो सरकारले तथ्य र प्रमाणको अधारमा कारबाही प्रकृया अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु भएको छ । प्रेस संगठन पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सरकार सबैको अभिभावक भएको भन्दै विद्यार्थीहरुको हकअधिकार सुनिश्चत गर्न सरकारले तोकेको साढे ४२ लाख भन्दा बढि शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नु पर्ने बताउनुभयो । देशमा बढिरहेको बेरोजगारीको समस्याप्रति टिप्पणी गर्दै उहाले अहिले सरकारी तथ्याक कुल जनसख्याको ८÷९ प्रतिशत बेरोजगारहरुको सख्या रहेको भने तापनि वास्तविक तथ्याक २२ प्रतिशत रहेको बताउनुभयो । तीन करोड कुल जनसख्या रहेको देशमा ६६ लाख जनता बेरोजगार रहेको हुदाँ सरकारले उनीहरुलाई रोजगारी दिई आत्म निर्भर बनाउनु पर्ने विचार राख्नुभयो । प्रेस संगठन पर्साका सयोजक निरज पिठाकोटेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ का सह ईन्चार्ज नागेन्द्र चौधरी, पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, लगायतको सहभागिता थियो ।