बरिस्ठ पत्रकार मिश्रा प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा निर्वाचित

पोखरा फागुन २९ गते। बरिस्ठ पत्रकार तथा कटहरिया एफएमका प्रमुख संजय मिश्रा प्रेस चौतारी नेपाल केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । प्रेस चौतारी नेपालको पोखरा स्थित सम्पन्न नवौं महाधिवेशनमा मिश्रा केन्द्रिय सदस्य पदमा निर्वाचित भएको प्रेस चौतारी रौतहटका अध्यक्ष उतम कुमार उपाध्यायले बताएका छन । संजय मिश्रा कटहरिया एफएमका प्रमुख तथा रातोपाटी औनलाईन,रेडियो बिरगंज ,टुडे एक्सप्रेस राष्ट्रिय दैनिक लगायत विभिन्न मिडिया बाट आबद्ध हुनुहुन्छ ।मिश्रा लामोसमय देखि रौतहट बाट विभिन्न मिडियामा रिपोर्टिङ गर्दै आएका छन ।