उतमकुमार उपाध्याय
रौतहट कार्तिक १३ गते ।
रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले कोरोना माहामारी नियन्त्रणमा प्रदेश सरकारको भुमिका न्युन रहेको बताएका छन ।
गृहजिल्ला रौतहटको गुजरा नगरपालिका १ मनहरवामा नेकपा क्षेत्रिय सचिवालय द्धारा बडादशैं दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उनले त्यस्तो बताएका हुन ।
कोरोना भाईरस नियन्त्रणको नाउमा प्रदेश २ सरकार र स्थानिय तहहरुमा ब्यापक अनियमितता भएको सांसद साहले दाबी गरेका छन ।
कोरोना भाईरस नियन्त्रणको लागी आईसोलेसन निर्माण तथा राहत बितरण लगायतको शिर्षकमा गुजरा नगरपालिका बाट ५ करोड ६४ लाखरुपैया खर्चभएको देखाउनु भ्रस्टाचारको प्रत्यक्ष उदाहरण रहेको पुर्वमन्त्री समेत रहेका सांसद प्रभु साहले दाबी गरेका छन ।
यत्रो ठुलोरकम अनियमितता हुँदा गुजराबासीले चर्खको लेखाजोखा माग गर्नुपर्ने सुझाव दिएका थिए ।
संघिय सरकारको निति अनुसार प्रत्येक स्थानियतहमा १५ बेडको अस्पताल निर्माण गर्न गुजरा नगरपालिकाले जग्गा उपलब्ध गराउन नसकेको प्रति उनले चिन्ता ब्यक्त गरेका थिए ।
सांसदिय निर्वाचन अघि गुजरा गनरक्षेत्रमा एकईन्च पनी कालोपत्रे थिएन र हाल खतवहिया देखी परसवा सम्म,बाल्चनपुर देखी जंगलसैया सम्म कालोपत्रेको निर्माण पुरा भईसकेको सांसद साहले बताए ।
बिधुत,सञ्चार,सिचाईलाई प्राथमिक्तामा राखेर विकासको काम अगाडी बढाएको र आँउदो निर्वाचन अघि गुजरामा कम्तीमा ३० किलोमिटर कालोपत्रे निर्माण गराउने उनले प्रतिवद्धता ब्यक्त गरेका छन ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा,मौलापुर नगरप्रमुख रिनाकुमारी साह,देवाही गोनाहीकी उपमेयर परनिया देवी पटेल,मेयर प्रत्यासी पलट चौधरी,पुर्व गाबिस अध्यक्ष हरीनारायण बण्ठा,नेकपा प्रदेश कमिटि सदस्य त्रिभुवन साह,नेकपाका युवराज ज्ञवाली,ईद्रीश सिद्धिकी,सुरेश चौधरी,रामजित चौधरी,रामबाबु चौधरी, लगायतकाले मन्तब्य राखेका थिए ।
यसैबिच गुजरा नगरपालिकाको पल्टुवा गाँउमा शुभकामना आदानप्रदान कार्यक्रमलाई केही मानिसद्धारा बिचोल्न गरीएको प्रयासको सांसद प्रभु साहले घोर निन्दा गरेका छन ।
क्षेत्रको समग्र बिकास देखेर कांग्रेस,राजपा,लगायतका केही नेता कार्यकर्ताहरु हतोत्साह भएर नेकपाका नेतालाई गाँउका जनता माझ जान बाट रोक्न भैरहेको असफल प्रयासको सांसद साहले भ्रत्सर्ना गरेका छन ।
प्रजातन्त्रमा सबैदल सबै नेताले आआफनो बिचार जनता सम्म पुरयौउन पाउने मौलिक अधिकार हो तर गुजराको पल्टुवा गाँउ र मौलापुरको मर्यादपुरमा भएको हर्कत केही नेताको षडयन्त्र भएको उनको टिप्पनी छ ।
निर्वाचन आउन अझै लामोसमय बाँकीरहेको अवस्थामा अहिले देखीनै निषेधको राजनिती गर्नु कुनैपनी ब्यक्ती तथा दलका लागी उचित नभएकाले त्यस्ता गतिबिधी सच्याउन सांसद प्रभु साहले चेतावनीका साथ सुझाव दिएका छन ।
सोही अवसरमा संघिय सांसद प्रभु साहले स्थानिय तिनजना महिला सहीत पाँचजना जेष्ठ नागरिकलाई दोसाला ओढाएर सम्मान गरेका थिए ।
Home मुख्य समाचार कोरोना नियन्त्रणको नाउमा प्रदेश र स्थानिय तहमा ब्यापक अनियमितता पुर्वमन्त्री प्रभु साह