• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home मुख्य समाचार कुहिएको दाल राहत बितरण गर्ने कलैयाका मेयर यादव पक्राउ

कुहिएको दाल राहत बितरण गर्ने कलैयाका मेयर यादव पक्राउ

बारा, बैशाख ९ गते । कोरोना भाइरस९कोभिड १९० को महामारीले मानव जातिमाथि भयानक संकट पैदा गराएको छ । जीवन नै रहने नरहने ठेगान छैन, तर यस्तो महामारीमा पनि गुणस्तरहीन खाद्यान्न राहतका रुपमा बितरण गरी उपमहानगरपालिकाको बजेटमा भ्रष्टाचार गर्नेहरु देखिए । यस्तै लकडाउनका कारण अभावमा परेका जनतालाई राहतमा कुहिएको दाल बितरण गर्ने कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । कुहिएको दाल राहतमा बितरण गर्ने मेयर यादवले प्रहरी प्रशासनबाट जोगिन धेरै प्रयास गरे पनि अन्ततः उनी आज पक्राउ परेका छन् । उनी काङ्ग्रेसका केन्दीय सदस्य तथा संविधानसभा सदस्य राधेचन्द्र यादवका छोरा हुन् । उनी यादव कोल्डस्टोर संचालन गर्दागर्दै बाबुको कृपाले कांग्रेसको जिल्ला सदस्य भए । र, लगत्तै मेयरको टिकट पाएर जितेका हुन् । तर राहतमा कुहिएको दाल समेत बितरण गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेपछि उनी हिरासतमा पुगेका छन् । मेयर यादवको कमाउधन्दाः सडेको दाल र आलुको मूल्य दोब्बरगरि बिक्री गरेको थियो । कोल्डस्टोरबाट ३ सय ८० बोरा गुणस्तरहीन दाल बरामद गर्यो । जुन दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा परीक्षण गर्दा खान अयोग्य ठहर गरेको थियो । मेयर यादवको यादव कोल्डस्टोर रंगपुरमा श्री धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्माले ५८ हजार किलो दाल राखेका थिए । तर शर्मालाई सोध्दै मेयर यादवले प्रतिकिलो १ सय २० रुपैयाँमा उक्त दाल उपमहानगरबाट किनेर वडा वडामा बितरण गर्न लगाएका थिए । तेजकरण शर्माले उक्त दाल पशुआहाराका लागि राखिएको र आफूलाई बिक्री गरेकोबारेमा केही थाहा नभएको बिज्ञप्ति निकालेका थिए । तर उनलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको छ । आइतबाट प्रहरीले कलैया–१ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादवलाई पक्राउ गरेको थियो । मेयर यादवले भाइलाई जोगाउन कर्मचारी कृष्ण यादवलाई प्रहरीकोमा पठाएका थिए । तर उक्त कोल्डस्टोर मेयरकै भएको सबैलाई थाहा भएकाले उनले उन्मुक्ति पाउने अवस्था थिएन । प्रहरी प्रशासनले सोमबार बेलुका पनि यादव कोल्डस्टोरबाट ३८० बोरा गुणस्तरहीन दाल बरामद गरेको थियो । जुन दाल चैत २९ मा बरामद गरेको भन्दा पनि बढी कुहिएको रहेकाले प्रहरीले मंगलबार मेयर यादवलाई पक्राउ गरेको छ । सोमबार बरामद दाल पनि गुणस्तर परीक्षणका लागि हेटौंडा पठाइएको छ ।

आदर्श वाणी संवाददाता
-
९ बैशाख २०७७, मंगलवार १५:३५
834
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीमहामारीका बेला दालमा कालोबजारी गर्ने व्यापारी तेजकरण शर्मा पक्राउ
    यसपछिको सामग्रीउदयपुरमा फेरि संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४२ पुग्यो
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    छुटाउनु भयो कि?

    राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

    यी दानी वडाध्यक्ष, जसले आफ्नो तलब मदरसालाई सुम्पिए

    एनआएनए अष्ट्रेलियामा हेटौंडाका यी युवाले जिते चुनाव

    साईकलसहित लड्ेका युवकको मृत्यु

    प्रर्दशनमा प्रहरीले दमन गरेको जनमत पार्टीको आरोप

    ताजा अपडेट

    भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेट खेल वर्षाले प्रभावित

    आदर्श वाणी संवाददाता

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    आदर्श वाणी संवाददाता

    बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.