• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Search
Aadarsh Vani
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विचार
  • थप शिर्षक
    • व्यापार
    • अन्तरवार्ता
    • विश्लेषण
    • कला
    • सौन्दर्य
    • साहित्य
    • विज्ञान प्रविधि
    • अनौठो संसार
Home समाचार भारतीय नम्बर प्लेटका सवारी रोक

भारतीय नम्बर प्लेटका सवारी रोक

आर्दशवाणी संवाददाता । रौतहट, ९ मंसिर । व्यवसायिक प्रयोजनका लागि रौतहटको सदरमुकाम गौरमा एक दशकदेखि चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पु) चल्न रोक लगाइएको छ । उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले गौर र भारतीय बजार बैरगनियाँ आवत जावत गर्ने व्यवसायीकरुपमा सञ्चालित भारतीय नम्बर प्लेटका टेम्पुमा रोक लगाएको हो । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मि मोटर्स प्रालीका प्रोपराइटर अरुण कुश्वाहाले सो स्थानमा चल्दै आएको तीन पाङ्ग्रे भारतीय टेम्पु सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर मुद्दा दायर गर्नु भएको थियो । प्रोपराइटर कुश्वाहाले मंसिर ३ गते निषेधाज्ञा परमादेशको लागि दायर गर्नु भएको मुद्दा माथि उच्च अदालत जनकपुरको अस्थायी इजलाशका न्यायाधिशद्वय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले व्यवसायिक प्रयोजनका लागि सञ्चालित त्यस्ता तीन पाङ्ग्रे सवारीमा रोक लगाउने आदेश दिएको हो । बिना भन्सार एक दशकदेखि सदरमुकाम गौरमा निर्वाधरुपमा चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको थिएन ।

आदर्श वाणी संवाददाता
-
९ मंसिर २०७६, सोमबार २०:४७
893
Facebook
Twitter
Email
Print
    अघिल्लो सामग्रीउपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह
    यसपछिको सामग्रीजनयुद्ध ३७ पत्रकारहरु मारिए
    आदर्श वाणी संवाददाता

    थप शिर्षक समाचारहरुलेखकका अन्य समाचारहरु

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    छुटाउनु भयो कि?

    मकवानपुरका स्थानीय तहको बजेट, चेपाङ छात्रालाई भत्ता, प्रत्येक वडामा हेलिप्याड

    बौधीमाई नपा ४ का पटेल मोटरसाइकल दुर्घटनामा परी मृत्युु

    बहुरुपिया हुन, रौतहटलाई विकासमा पछि पार्ने माधव नेपाल –...

    राजधानी नटुङ्गिए बजेट ल्याउनै नदिने प्रतिपक्षको घोषणा

    चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली

    ताजा अपडेट

    भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेट खेल वर्षाले प्रभावित

    आदर्श वाणी संवाददाता

    पत्रकार यादव माथी कुटिपट, तीन जना पक्राउ

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

    आदर्श वाणी संवाददाता

    सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउ पर्सा, ३० साउन ।

    आदर्श वाणी संवाददाता

    बीरगंजमा औद्योगिक प्रदुषणले छाला र क्षय कुष्ठ रोगको बिरामीको संख्यामा वृद्धी

    आदर्श वाणी संवाददाता

    सिल्पी मिडिया प्रा.लि.

    द्धारा संचालित आदर्श वाणी अनलाईन न्युज र्पोटल
    मुख्य कार्यालय: गौर, रौतहट
    www.aadarshvani.com
    Email: aadarshvani@gmail.com

    हाम्रो समुह

    अध्यक्ष: उत्तम कुमार उपाध्याय, ९८४५०३७१७२
    प्रबन्ध निर्देशक : अगम कुमार उपाध्याय, ९८१११७२८००
    सम्पादक: रमेश प्रसाद जयशबाल, ९८५५०४४७१४
    मार्केटिङ म्यानेजरः

    दर्ता

    कम्पनी रजिष्टार दर्ता नं: २२१६४६/०७६/०७७
    स्थायी लेखा नम्बर (पान): ६०९६००१०६
    प्रेस काउन्सिल नेपाल : २५२/०७६/०७७
    सुचना तथा प्रसारण विभाग : १५५७/०७६-७७
    © संचालन तथा प्रायोजनको हक सर्बाधिकार © २०७५ मा सुरक्षित रहनेछ ।
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.